free website hit counter

सन नेपाल लाइफको शेयर लिलाम बढाबढमा किन्न सकिने

beemaadmin
२०८२ असार २३, सोमबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको अवितरित हकप्रद शेयरका लागि असार २३ गतेदेखि बोलपत्र पेश गर्न सकिनेछ। इन्स्योरेन्सले संस्थापक समूहतर्फ लकइनमा रहेको ८० हजार २२२ कित्ता, सर्वसाधारणतर्फ लकइनमा रहेको ४ हजार ४९ कित्ता र सर्वसाधारणतर्फ नै लकइनमा नरहेको १ लाख ४० हजार ४५७ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि असार ३० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक ९काठमाडौँ०, विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढि शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार