free website hit counter

एनएलजी इन्स्योरेन्सको व्यापार बढ्यो

beemaadmin
२०८२ असार २८, शनिबार

काठमाडौं । निर्जीवन बीमक एनएलजी इन्स्योरेन्सले चालू आर्थिक वर्षमा कुल ३ अर्ब रूपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ। इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष पुरा हुन एक साता बाँकी छँदै ३ अर्ब रूपैयाँको लक्ष्य पुरा गर्न सफलता मिलेको हो। यो रकम गत आर्थिक वर्षको कुल बीमाशुल्क आम्दानीको तुलनामा १६.२८ प्रतिशत बढी हो। इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०–८१ मा २ अर्ब ५८ करोड २३ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। इन्स्योरेन्सको व्यापार बढाउन सहयोग र समर्थन गरेकोमा ग्राहक, कर्मचारी, सरोकारवाला र व्यवसायीक साझेदारहरूलाई प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले आभार व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार