free website hit counter

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

beemaadmin
२०८२ असार ३१, मंगलवार

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औँ वार्षिक साधारणसभा असार ३० गते सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्टमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्। सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ। यसैगरी सभाले नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सभामा सञ्चालकहरुको नियुक्ति अनुमोदन गरहेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार