काठमाडौं । साउन १ अर्थात् आर्थिक वर्ष २०८२–०८३ को पहिलो दिनबाट सुनको मूल्यमा विलासी कर थपिने भएको छ । नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएको बजेट र मौद्रिक नीति कार्यान्वयन सुरु हुने दिन पनि हो । बिहीबारदेखि सरकारले सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने निर्णय गरेको थियो । बजेटमार्फत ल्याइएको उक्त विलासिता कर बिहीबारदेखि हुने सुनको कारोबारमा देखिनेछ । यसअघि सुन व्यवसायी र सरकारबीच ६ बुँदे सहमति गरिएको भएपनि सुनमा लगाइएको विलासिता कर अन्ततः कार्यान्वनयमा जाने देखिएको हो । बिहीबारदेखि विलासिता कर जोडिएर आउँदा सुनको उपभोक्ता मूल्य समेत ह्रवात्तै बढ्ने व्यवसायीहरु बताउँछन् । विलासिता कर लाग्ने भएपछि आन्तरिक राजश्व विभागले बिलको ढाँचा समेत बनाइसकेको छ ।