free website hit counter

सुन अब विलासिताको वस्तु, जोडियो कर

beemaadmin
२०८२ श्रावण १, बिहीबार

काठमाडौं । साउन १ ग, बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । आजदेखि सुनमा विलासिता कर जोडेर मूल्य कायम गरिएको छ । सरकारले बजेट मार्फत सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने व्यवस्था गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार