free website hit counter

वित्तीय साक्षरता बढाउन ग्लोबल आइएमईको अभियान

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं वार्षिकोत्सवको अवसर पारेर वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को प्रचार स्वरुप प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
“बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीर अस्पताल, जमल हुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।
बैंकले काठमाडौँ उपत्यकामा मात्र नभएर काठमाडौ बाहिरका बिभिन्न ठाउँहरु बिराटनगर, नारायणघाट, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । बार्षिकोत्सवकै अवसरमा गत पौष १७ गते कान्तिपथ लगायत काठमाडौं बाहिरका मुख्य सहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार