free website hit counter

सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफामा छलाङ

beemaadmin
२०८२ श्रावण ८, बिहीबार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो। वितरणयोग्य मुनाफा उच्च बढेपनि बैंकको खुद नाफा भने सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ६.५१ प्रतिशत बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.३९ प्रतिशत र सञ्चालन मुनाफा १०।०६ प्रतिशत बढेको छ। वितरणयोग्य मुनाफासँगै बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी पनि उच्च बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ८० पैसा बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा ४० पैसा बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३०।६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ। ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार