free website hit counter

सेयर कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

beemaadmin
२०८२ श्रावण १८, आईतवार

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले अब सेयर कारोबार गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम नेप्सेले अब सेयर कारोबार गर्नका लागि नयाँ ब्रोकर खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गराएको छ । नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई पत्र जारी गर्दै राष्ट्रिय परिचयपत्रको आधारमा ग्राहक पहिचान र संपुष्टी गर्ने व्यवस्थाको कार्यान्वयन तथा केवाइसीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्नुका साथै सोको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्था गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको हो । योसँगै अब सेयर कारोबार गर्न चाहाने लगानीकर्ताहरुले ब्रोकर खाता खोल्दा केवाइसी फर्म भर्दा राष्ट्रिय परिचय पत्र पनि अनिवार्य समावेश गर्नुपर्नेछ । यस्तै आफ्नै करोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार