free website hit counter

रोकिएन मूल्यवृद्धि

beemaadmin
२०७६ माघ ६, सोमबार

काठमाडौं । बलियो र स्थिर सरकार निर्माणपछि आर्थिक सबै तथ्यांकले मुलुकलाई प्रगतितर्फ लैजाने अपेक्षा गरिए पनि त्यस्तो देख्न सकिएन । अघिल्लो वर्ष लक्षित सीमाभन्दा निकै कम रहेका नेपालको मूल्यवृद्धि दर यो वर्ष लक्षित सीमाभन्दा माथि छ । आर्थिक वर्ष २०७५÷७६ मा नेपाल राष्ट्र बैंकले औसत मुद्रास्फीतिलाई ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको थियो । त्यो वर्ष पुससम्म उपभोक्ता मुद्रास्फीति दर ३.७ प्रतिशत विन्दुमा सीमित थियो । आर्थिक वर्ष २०७६÷७७ मा भने यो दर ६.५५ प्रतिशत बिन्दुमा पुगेको छ, जबकि राष्ट्र बैंकले यो वर्ष मूल्यवृद्धिलाई ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो । ५ महिनामा आधारित औसत मुद्रास्फीति दर भने केही कम छ । असार मसान्ततिरको उच्च मूल्यवृद्धिले गर्दा समीक्षा अवधिको मूल्यवृद्धि ५.३३ प्रतिशतमा सीमित रहेको हो ।
यो वर्ष खाद्य तथा पेय पदार्थको वार्षिक विन्दुगत मुद्रास्फीति दर ९.७६ प्रतिशत रहँदा गैरखाद्य वस्तुको मूल्यवृद्धि भने ४.१ प्रतिशत मात्रै छ । यो पनि अघिल्लो वर्षको भन्दा ठीक विपरित हो । अघिल्लो वर्ष खाद्यवस्तुको मुद्रास्फीति ०.४६ प्रतिशत मात्रै थियो । गैरखाद्य वस्तुहरुको मूल्य भने ६.३४ प्रतिशत थियो ।
समीक्षा अवधिमा काठमाडौं उपत्यका अत्यधिक महँगी बढ्ने क्षेत्र बनेको छ । काठमाडौंमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६ प्रतिशतले मूल्य बढ्दा तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मूल्यवृद्धि देखिएको छ । यो अवस्था पनि अघिल्लो वर्षको तुलनामा ठीक उल्टो हो । अघिल्लो वर्ष काठमाडौं उपत्यकामा ३.६८, तराईमा ३.६५ र पहाडमा ३.८४, हिमालमा ४.५० प्रतिशतले मूल्यवृद्धि भएको थियो । समीक्षा अवधिमा १३.५६ प्रतिशतले तलब तथा ज्याला सूचकांक बढेको राष्ट्र बैंकले जनाएको छ । यो वृद्धि अघिल्लो वर्षको सोही समयको तुलनामा भने १०.०४ प्रतिशत मात्रै बढी हो । होलसेल क्षेत्रमा भने अघिल्लो वर्षभन्दा मूल्य सूचकांक ८.९८ प्रतिशत बढी छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार