free website hit counter

एभरेष्ट बैंकको नाफा ५ अर्ब नजिक

beemaadmin
२०८२ श्रावण २६, सोमबार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा बैैंकको खुद नाफा बढ्न बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ छ । यो अधिल्लो वर्षको तुलनामा १९।३६ प्रतिशतले बढेको हो । साथै, बैंकको सञ्चालन मुनाफा ३१।६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्ममा बैंकले दुई खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब १३ अर्ब ६२ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको रिर्टन्ड अर्निङ ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ, र जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशत छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५२ पैसा बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४७ गुणा छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार