free website hit counter

जिप्रका गुल्मीमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउण्टर

beemaadmin
२०७६ माघ ६, सोमबार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एवं राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको काउण्टरको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गरेका थिए ।
सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा गुल्मी जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामबहादुर खड्का लगायत अन्य विशष्ट पदाधिकारी एवंम स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार