free website hit counter

प्रभु बैंकको नाफा ५ अर्ब ४४ करोड

beemaadmin
२०८२ श्रावण २८, बुधबार

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। हाल प्रकाशित वित्तीय विवरण अनुसार बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशत बढी हो। हाल प्रकाशित वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र छ। जसका कारण नाफा वृद्धिदर उल्लेख्य देखिएको हो। बैंकले गत वर्ष प्रकाशित गरेको विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको खुद नाफा ४ अर्ब ४८ करोड रुपैयाँ थियो। बैंकले इम्पेरमेन्ट चार्जमा हेरफेर गरेका कारण खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो। गत वर्ष प्रकाशित विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ थियो। तर हाल प्रकाशित विवरण अनुसार सोही अवधिसम्ममा बैंकको यस्तो चार्ज ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। यही कारण बैंकको नाफा घट्न गई हालको नाफा वृद्धिदर बढी देखिएको हो। २०८२ असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार