काठमाडौं । यस अर्थबीमा डटकमका सल्लाहकार तथा बीमा विज्ञ विक्रान्त पाण्डेले आफ्नी स्वर्गीय माताको जन्मदिनको अवसर पारेर वृद्धवृद्धालाई भोजन गराएका छन् । माता स्व. सरिता पाण्डेको जन्म दिन साउन २७ गते छोरा विक्रान्त पाण्डेले आमाको सम्झना गर्दै भोजनको व्यवस्था गरेका हुन् । मिशन स्माइल नामक सामाजिक संस्थाले मीनभवनअवस्थित निसहाय सेवा सदनमा बृद्धवृद्धालाई भोजन गराएको हो । स्व. माता सरिता पाण्डे मिशन स्माइलको संरक्षक हुनुहुन्थ्यो । २०१४ सालमा जन्मिएकी पाण्डेको २०७८ सालमा निधन भएको थियो ।