काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षमा नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आवमा बैंकको नाफा ६ अर्ब ७५ करोड ६६ लाख रुपियाँ पुगेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ६४.४३ प्रतिशत बढी हो । त्यतिबेला बैंकले ४ अर्ब १० करोड ८८ लाख रुपियाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५४ प्रतिशत घटेर १४ अर्ब १२ करोड ८१ लाख रुपियाँ छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ०।७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख र सञ्चालन नाफा ५८.६६ प्रतिशत बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपियाँ पुगेको छ । अघिल्लो आवमा ५ अर्ब ६९ करोड ३२ लाख रुपियाँ ले ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा असार मसान्तसम्ममा ४९ करोड १३ लाख रुपियाँ धनात्मक रहेको छ । यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशत देखिन्छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९.८० रुपियाँ , प्रतिशेयर नेटवर्थ २३१.०२ रुपियाँ र मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ । त्यस्तै, खराब कर्जा ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ । ४ अर्ब १२ करोड ८५ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३२ अर्ब ७४ करोडरुपियाँ सञ्चित रहेको छ ।