काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ। मान्छे भेला हुने र लुटपाटका घटना नरोकिएपछि सेनाले निषेधाज्ञा जारी गर्ने तयारी गरेको हो। सेनाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गरेको छ। अत्यावश्यक सेवाहरू भने सुचारु हुने सेनाको भनाइ छ।