free website hit counter

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो, प्रत्येक परिवारलाई दश लाख

beemaadmin
२०८२ भाद्र २९, आईतवार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारी, प्रहरी र कैदीबन्दी गरेर हालसम्म ७२ जनाको मृत्यु भएको छ । हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी गरि ७२ जनाको मृत्यु भएको हो । त्यस्तैगरी हालसम्म १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भइ विभिन्न अस्पतालमा उपचारका क्रममा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री सुशिला कार्कीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरिन्। प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै मृतकका प्रत्येक परिवारलाई सरकारले दश लाख रुपैँया दिने समेत घोषणा गरिन् ।

सम्बन्धित समाचार