free website hit counter

मुक्तिनाथ क्यापिटलको नगद लाभांश पारित

beemaadmin
२०८२ आश्विन १६, बिहीबार

काठमाडौं । मुक्तिनाथ क्यापिटलको ९ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको १६ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१–८२ को कारोबारमा आधारित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिएको छ । उक्त साधारण सभाले आव २०८२–८३ को लेखापरिक्षण गर्नका लागि एनविएसएम एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरेको छ । अरण्य बुटिक होटलमा बसेको साधारणसभा सञ्चालक समितिका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षता रहेको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार