free website hit counter

सुनको मूल्य एकै दिन तोलामा ७ हजार ४ सयले बढ्यो

beemaadmin
२०८२ आश्विन १९, आईतवार

काठमाडौं । असोज १९ गते नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयामा कारोबार भईरहेको छ । गत असोज १२ गते छापावाला सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यसदिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो । आजको बजारमा चाँदी तोलामा १२० रुपैयाँ बढेर २ हजार ९३० रुपैयाँमा कारोबार भईरहेको छ । गत असोज १२ गते चाँदी २ हजार ८१० रुपैयामा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार