free website hit counter

पूर्व कर्मचारीलाई कृषि विकास बैंकको सम्मान

beemaadmin
२०७६ माघ ८, बुधबार

काठमाडौं । आफ्नो ५३औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर कृषि विकास बैंकले आठ जना पूर्व कर्मचारीलाई अभिनन्दन गरेको छ ।स्थापना कालदेखि काम गरेका ती कर्मचारीहरूलाई बैंकले आफ्नो ५३औं वार्षिकोत्सव कार्यक्रममा अभिनन्दन गरेको हो । ती कर्मचारीहरूले कृषि विकास बैंकको स्थापनाकालदेखि योगदान पुर्याएवापत वार्षिकोत्सव कार्यक्रममा अभिनन्दित भए । कार्यक्रममा अभिनन्दित भएका कर्मचारीहरूमा बैंकका पूर्व कार्यकारी अध्यक्ष तथा महाप्रवन्धक श्रीकृष्ण उपाध्याय, पूर्व उपमहाप्रबन्धक शंकरमान श्रेष्ठ, पूर्व उपमहाप्रबन्धक पशुपति मिश्र रहेका छन् । यस्तै, बैंकका पूर्व विभागीय प्रमुख चन्द्रमान प्रधान, मुकुन्द बहादुर बिष्ट, नरेन्द्र केसी, पूर्व शाखा प्रमुख गीता मिश्र र विजय मल्ल रहेका छन् । उनीहरू उमेरले वृद्ध भएपनि लौरो टेक्दै कार्यक्रममा उपस्थित थिए । बैंकले वार्षिकोत्सवमा २५ र २० वर्ष काम गर्ने कर्मचारीलाई पनि सम्मान गरेको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार