free website hit counter

कालिका लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८२ कार्तिक २०, बिहीबार

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.२३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २५.४८ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा १९.४५ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४२ पैसा रहेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ६९ पैसा बढेर १९ रुपेयाँ ९६ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ५०.८५ गुणा रहेको छ। ४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ३० लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले ४ अर्ब २६ करोड १७ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार