free website hit counter

जीवन बीमकले गरे पहिलो त्रैमासिक ४९ अर्बको व्यापार

beemaadmin
२०८२ कार्तिक २०, बिहीबार

काठमाडौं । अर्थतन्त्रका लागि विषम परिस्थिति रहेका बेला पनि चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले करिब सवा ४९ अर्ब रुपैयाँको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष २०८१–८२ को असोजसम्म कम्पनीहरुले ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ भित्र्याएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार १९.८४ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार ग्रोथको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा १४ वटा कम्पनीको व्यापार बढेको छ। चालु आर्थिक वर्षको असोजसम्म नेपाल लाइफले १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १२.२० प्रतिशतले बढेको छ।यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले असोजसम्म ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ९० करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १५.९० प्रतिशतले बढेको छ। धेरै व्यापार भित्र्र्याउने हिसाबले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ४ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ८.९६ प्रतिशतले बढेको छ। यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड २२ लाख रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड ६१ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड १० लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब २६ करोड ९६ लाख रुपैयाँ र सिटिजन लाइफले २ अर्ब १७ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार २२२.४९ प्रतिशत, हिमालयन लाइफको २.९ प्रतिशत, सूर्यज्योति लाइफले १५.२७ प्रतिशत, एसियन लाइफको ११.४३ प्रतिशत र सिटिजन लाइफको २४.६८ प्रतिशतले बढेको छ। त्यस्तै चालु वर्षको असोजसम्म सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड ४० लाख रुपैयाँ, मेटलाइफले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड ६ लाख रुपैयाँ र सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यी सबै कम्पनीको व्यापार बढेको छ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार