free website hit counter

साहस उर्जाको लाभांश घोषणा

beemaadmin
२०८२ कार्तिक २५, मंगलवार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट साहस उर्जा कम्पनी लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै कम्पनीले सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १.१०५३ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ। कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ। त्यसैगरी, गत वर्षको साधारण सभाले पारित गरेको १ बराबर १ हकप्रद शेयर जारी गर्ने निणर्य संशोधन गरी हाल घोषणा भएको बोनस पछि कायम हुने चुक्ता पूँजीको शतप्रशत हकप्रद जारी गर्ने निर्णय पनि सो बैठकले गरेको छ।

सम्बन्धित समाचार