free website hit counter

नागरिक लगानी कोषको नाफा बढ्यो

beemaadmin
२०८२ कार्तिक २८, शुक्रबार

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको आम्दानी सामान्य बढेपनि खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १८.८७ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ९.१३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ३.९० प्रतिशत बढेको छ भने कुल खर्च २४.२३ प्रतिशत घटेको छ। नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४८ पैसा घटेर १९ रुपैयाँ ४० पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८ पैसा रहेको छ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार