free website hit counter

वायुसेवा निगमको महाप्रबन्धकमा १६ जनाको आवेदन

beemaadmin
२०८२ मंसिर १२, शुक्रबार

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) महाप्रबन्धक पदमा नियुक्तिका लागि १६ जनाको आवेदन परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार बिहीबारसम्मको समय राखेर आवेदन माग गरिएकोमा कार्यालय समयभित्र १६ जनाको आवेदन परेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए । सरकारले १५ दिनको समय राखेर २७ कात्तिकमा दरखास्त आह्वान गरेको थियो । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्दैछ । अब छनोट प्रक्रिया नेवानि महाप्रबन्धक छनोट सम्बन्धी कार्यविधि २०८२ बमोजिम सुरु हुने मन्त्रालयले जनाएको छ । नेवानि महाप्रबन्धक पद अहिले रिक्त छ । सिलबन्दी नाम आइतबारदेखि खोलेर मूल्यांकन सुरु गर्ने तयारी छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार