free website hit counter

आइएमई लाइफको यस्तो छ नयाँ बोनसदर

beemaadmin
२०८२ मंसिर १५, सोमबार

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०८१÷८२ का लागि कम्पनीबाट जारी भएका विभिन्न बीमालेखका लागि नयाँ बोनसदरको घोषणा गरेको छ । कम्पनीले गत आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी नयाँ बोनसदर निर्धारण गरेको हो । कम्पनीले बीमतिहरुलाई न्यूनतम २२ रुपैयाँदेखि अधिकतममा ८० रुपैयाँसम्मको बोनसदर दिने निर्णय गरेको छ । कम्पनीले सावधिक,सीमित अवधि भुक्तानी,सावधिक तथा बाल सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, सामूहिक सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ७० रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । अग्रिम भुक्तानी तथा आजीवन९कल्पधन०बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेखका बीमितहरुले १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ, २० देखि २४ का लागि ४८ रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस पाउने छन् । बाल अग्रिम भुक्तानी सावधिक(बाल उमङ्ग) बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । यसैगरी, कम्पनीले वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण)अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ का लागि ४४ रुपैयाँ र २५ देखि २९ का लागि ६० रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता)अन्तर्गतका सम्पूर्ण बीमा अवधिका लागि २२ रुपैयाँ दिने भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार