free website hit counter

सुनको मूल्य बढ्यो, चाँदी पनि सँगसँगै

beemaadmin
२०८२ मंसिर १७, बुधबार

काठमाडौं । मंसिर १७ गते, बुधबार,नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबार छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । पछिल्दा दिनमा चाँदीको मूल्य निरन्तर नयाँ उचाई बनाउदै बढेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार ५४५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै बुधबार चाँदीको मूल्यले नयाँ उचाई कायम गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार