free website hit counter

म्यादी जीवन बीमाबाट सवा अर्बको कारोबार

beemaadmin
२०८२ मंसिर १७, बुधबार

काठमाडौं । रोजगारको सिलसिलामा विदेश जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगार म्यादी जीवन बीमाको आकार पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को चार महिनाको अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमा लेखअन्तर्गत २४ करोड ४३ लाख रुपैयाँ पोलिसी जारी भएको छ । सो संख्या बराबरको पोलिसी जारी हुँदा बीमा कम्पनीहरूले १ अर्ब १७ करोड ७३ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमा लेखअन्तर्गत २१ लाख ६८ हजार ५५वटा पोलिसी जारी गरी १ अर्ब ५ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका थिए । गत आवको तुलनामा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन व्यवसाय ११.४० प्रतिशतले वृद्धि भएको छ । बीमा कम्पनीहरूले उक्त पोलिसीअन्तर्गत सबैभन्दा धेरै व्यवसाय बागमती प्रदेशबाट गरेको छ । बीमा कम्पनीहरूले बागमती प्रदेशबाट मात्रै २४ लाख १३ हजार संख्या बराबरको बीमालेख जारी गरी कुल १ अर्ब ९ करोड ४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । यो कुल व्यवसायको ९२.६२ प्रतिशत हो । त्यस्तै, चार महिनाको अवधिमा कोशी प्रदेशबाट ८५ लाख ७६ हजार बीमालेख जारी गरी २ करोड ५७ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । मधेश प्रदेशबाट २ अर्ब १३ करोड रुपैयाँ, लुम्बिनीबाट २ अर्ब ८ करोड रुपैयाँ, गण्डकीबाट १ अर्ब ३८ करोड रुपैयाँ, कर्णालीबाट २५ लाख र सुदूरपश्चिमबाट २४ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमालेखअन्तर्गत बागमतीबाट १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष लुम्बिनी, गण्डकी र लुम्बिनीबाट १ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार