free website hit counter

सिलवालविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

beemaadmin
२०८२ मंसिर १८, बिहीबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। पटक–पटक जन्म मिति संशोधन गरेको अभियोगमा विशेष अदालतले सिलवाललाई सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको हो। प्राधिकरणमा सिलवालले नियुक्ति पाउन आफ्नो जन्म मिति थाहा हुँदा हुँदै उमेर ढाँटी झुट्टा विवरणको पेस गरी नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पद बहाल गरेको आयोगको जिकिर छ। उमेर घटाई झुट्टा विवरणका फाराम लगायतका कागजात पेस गरी राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गरी राष्ट्रसेवकको रूपमा उक्त राहदानीहरू प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरिनै रहेको देखिदा सिलवालको उक्त कार्यहरू भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर हुँदा निज प्रतिवादीलाई सोही ऐनबमोजिम सजाय हुनुपर्ने माग छ। यता, आयोगले सिलवालले लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार बढी रकम असुल उपर हुनुपर्ने उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार