free website hit counter

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिँदै सरकार

beemaadmin
२०७६ माघ ९, बिहीबार

काठमाडौं । सरकारले दिएको रकम समयमै सदुपयोग गर्न नसक्दा दिएको रकम ब्याजसहित फिर्ता लिने निर्णय भएको छ । सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि केही समयअघि दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको कुरा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिएका छन् ।
माघ ६ गतेको मन्त्रिपरिषदको बैठकले साझाले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै पहिले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको हो । साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारले शेयरबापत ३ अर्ब रुपैयाँ दिएको थियो । मन्त्रिपरिषदको बैठकले विद्युतीय बस प्राविधिक विवरण लागत अनुमानसहित सर्त समेत तय गरी विद्युतीय बस खरिदका लागि भौतिक तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको थियो ।

सम्बन्धित समाचार