free website hit counter

एचआईडिसिएलद्वारा लाभांश घोषणा

beemaadmin
२०८२ मंसिर २८, आईतवार

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १.५ प्रतिशत बोनस शेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यस्तै, सो बैठकले पुस २१ गते, सोमबार चौधौँ वार्षिक साधारण सभा बोलाउने र साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्र्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार