free website hit counter

आइएमई लाइफले बोलायो साधारणसभा

beemaadmin
२०८२ पुष १, मंगलवार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा पुस २४ गते बिहीबार आयोजना गर्ने भएको छ। मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सभा गर्ने निर्णय गरेको हो। साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत नगद लाभांश (करसहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। त्यसैगरी, कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरिनेछ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ। साधारणसभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्नुका साथै नियमनकारी निकायबाट प्राप्त निर्देशन वा सुझावअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ। सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार नेपाल स्टक एक्सचेन्जमा पुस ९ गतेसम्म शेयर खरिद गरेका शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सम्बन्धित समाचार