काठमाडौं । यस अर्थबीमा डटकमका सम्पादक बीमा क्षेत्रका अभियन्ता नुरराज कँडेललाई मातृशोक परेको छ । उहाँकी आमा माया कुमारी कँडेलको मंगलबार बिहान १ः४५ बजे उपचारका क्रममा छाउनी अस्पतालमा निधन भएको हो । पाँच छोरा र चार छोरीकी माता मायाकुमारीको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । सम्पादक कँडेल मायाकुमारीका कान्छा छोरा हुनुहुन्छ । सम्पादक कँडेलमाथि परेको मातृशोकको यस घडीमा मृतआत्मको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनका यस अर्थबीमा परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।