free website hit counter

जबर्जस्ती निजी अस्पतालमा बिरामी लैजाने एम्बुलेन्सलाई कारबाही गरिने

beemaadmin
२०८२ पुष १०, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा विपरित निजी अस्पतालमा लैजाने एम्बुलेन्सलाई कारबाही गरिने चेतावनी दिएको छ। एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरित कुनै पनि लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेको पाइए कारबाही हुने मन्त्रालयले चेतावनी दिएको हो। हाल केही एम्बुलेन्सहरुले आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा वा अस्पतालको निर्देशन बिना निजी तथा महँगा अस्पतालहरुमा लैजाने गरेको गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ। एम्बुलेन्स चालकहरुलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रुपमा लैजान मन्त्रालयले निर्देशन समेत दिएको छ। कसैले उक्त निर्देशिका विपरित काम गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार