free website hit counter

हाजिरी जमानीमा छुटे प्रभु बैंकका सीईओसहितका पाँच जना

beemaadmin
२०८२ पुष १२, शनिबार

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको थुना मुक्त भएका छन्। सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठकाअनुसार विशेष सरकारी वकिल कार्यालयले सीईओ शेरचन, डेपुटी सीईओ मनिराम पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, रेमिट्यान्स विभागका प्रमुख सुजिन शाक्य र गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई हाजिरी जमानीमा छोड्न आदेश दिएको हो। सीईओ शेरचनसहित बैंकका उच्च तहका कर्मचारीलाई बैंकिङ्ग कसुरको आरोपमा सीआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेको २६ दिनपछि हाजिरी जमानीमा थुनामुक्त भएका हुन्। उनीहरूलाई राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गराउने कसुरमा संलग्न रहेकाले पक्राउ गरिएको थियो।

सम्बन्धित समाचार