free website hit counter

एक सातामा सुनको मूल्इ ११ हजार रुपैयाँले घट्यो मूल्य

beemaadmin
२०८२ पुष १९, शनिबार

काठमाडौं । सामान्य मानिसको पहुँचभन्दा बाहिर पुगेको सुनको मुल्य यो साताको पहिलो कारोबारको दिन आइतबार १३ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढ्दै रेकर्ड राखेको सुनको मूल्यमा सोमबार ६ सय रुपैयाँको गिरावट देखियो। त्यसदिन प्रतितोला छापावाल सुन २ लाख ७० हजार रुपैयाँ कायम भयो। यस्तै, मंगलबार सुनको मूल्यमा भारी रकमको गिरावट देखियो। मंगलबार ७ हजार ९ सय रुपैयाँले घट्दै प्रतितोला सुन २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भयो। बुधबार पनि सुनको मूल्यमा गिरावट देखियो। त्यसदिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भयो। बिहीबार १४ सय रुपैयाँले घट्दै २ लाख ५९ हजार ६ सय रुपैयाँ पुग्यो। यस्तै, साताको अन्तिम दिन सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्दै २ लाख ६२ हजार ५०० रुपैयाँ पुग्यो। समग्रमा यो साता सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट देखियो।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार