free website hit counter

राजीनामाको तयारीमा कुलमान

beemaadmin
२०८२ पुष २३, बुधबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने तयारी गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पार्टीमा खुलेर लागिसकेकाले निर्दलीय सरकारमा नबस्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेपछि कुलमानले राजीनामाको तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । सरकारमा दलगत पृष्ठभूमिका व्यक्ति मन्त्री बनेको विषयलाई लिएर चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा नै यस्तो बताएकी थिइन् । कार्कीले घिसिङसहित, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई पनि राजीनामा दिन आग्रह गरेकी थिइन् । घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उपसभापति हुन् भने खरेल र गुप्ता पनि सोही पार्टीबाट चुनाव लड्ने तयारीमा छन्। मन्त्रिपरिषद्मा घिसिङले आफू कुनै पनि पार्टीमा नरहेको बताएका थिए । तर त्यो अभिव्यक्तिपछि रास्वपामा समेत प्रश्न उठेपछि उनी राजीनामाको मुडमा पुगेका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार