free website hit counter

सानिमा रिलायन्स लाईफको नगद लाभांश पारित

beemaadmin
२०८२ पुष २५, शुक्रबार

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रतन लाल केडियाले गरेका थिए । सभामा कम्पनीको आव ०८१–८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण रिपोर्ट र वित्तीय विवरण पारित गरिएको छ । साथै, संचालक समितिको प्रस्ताव अनुसार चुक्ता पूँजीको १०.१७८ प्रतिशत दरले ५१ करोड ४ लाख १८ हजार ९ सय ७० रूपैयाँ बराबरको नगद लाभांश करसहित वितरण गर्ने निर्णय पनि पारित भएको छ ।

यसैगरी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, ग्राहकमैत्री सेवा, शाखा विस्तार, सूचना प्रविधि प्रयोग र आन्तरिक नियन्त्रण प्रणालीका कारण कम्पनीले बीमा बजारमा सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी दिँदै मर्जरपछि आएका चुनौतीहरू व्यवस्थापन गरी कम्पनीलाई सबल र सक्षम बनाउन सफल भएको बताए । सभाध्यक्षले उपस्थित सेयरधनी, अतिथिहरू, नियामक निकायहरू, अभिकर्ता, बीमित र सञ्चारकर्मीलाई धन्यवाद दिँदै सभालाई समापन गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार