free website hit counter

एकै पटक सन नेपाल लाइफको आठौं तथा नवौं साधारणसभा सम्पन्न

beemaadmin
२०८२ पुष २७, आईतवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आठौं तथा नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०–८१ र २०८१–८२ का वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित एनएफआरएस बमोजिम तयार गरिएको दुवै आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण सर्वसम्मत रूपमा स्वीकृत गरेको हो । साथै सभाबाट कम्पनीको आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ति अनुमोदन गरिएको छ । सोही अवसरमा हाल कायम चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ समेत) गरी कुल २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतले पारित गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार