free website hit counter

प्रभु महालक्ष्मी लाइफको लाभांश पारित

beemaadmin
२०८२ पुष ३०, बुधबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सोही आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । पारित लाभांशमध्ये ४ प्रतिशत शेयर लाभांश र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार