free website hit counter

झापा झर्दैछन् ओली

beemaadmin
२०८२ माघ ५, सोमबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवारी मनोनयनका लागि आज झापा जाँदै छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ताका लागि बिहान १०ः२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने तालिका छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नम्बर १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर छलफल गर्नेछन् । यसैगरी ३ नम्बर का बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने छन् । क्षेत्र नम्बर २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नम्बर ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनेछन् । आफ्नो निर्वाचन क्षेत्र दमकका नेता कार्यकर्तासँग दमकमै भेटघाट गर्ने कार्कीले जानकारी दिए । अध्यक्ष ओलीले जेन्जी विध्वंसका बेला जलाइएको दमकस्थित निवास पनि जाने तालिका बनेको छ ।

सम्बन्धित समाचार