मोरङ । सनराइज बैंकले मोरङको हरैचामा ४६औं शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका– १ का अध्यक्ष विनोदबहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले संयुक्त रुपमा बैंकिङ्ग सेवाका प्रतिनिधि ममता कुमारी चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै उद्घाटन गरे ।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।