free website hit counter

अब एक तोला सुनको मूल्य ३ लाख

beemaadmin
२०८२ माघ ९, शुक्रबार

काठमाडौं । सुनको मूल्य आज तोलामै ९ हजार २ सय रुपियाँ बढेर नयाँ रेकर्ड कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३२० रुपियाँ बढेर हालसम्मकै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । हिजो २ लाख ९२ हजार २ सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपियाँमा कारोबार भइरहेको छ । यसअघि हिजो ५ हजार ८ सय ७० रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर देखिंदै आएको छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार