free website hit counter

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा डेढ अर्ब बढी

beemaadmin
२०८२ माघ १४, बुधबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.६६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७७ करोड २५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९ करोड ४६ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ४०.५९ प्रतिशत घटेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.२० गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ। ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब ३४ करोड २० लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार