free website hit counter

जीवन बीमकले संकलन गरे छ महिनामा ९४ अर्ब बीमा शुल्क

beemaadmin
२०८२ माघ १५, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा जीवन बीमा कम्पनीले पुससम्म ९४ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन्। चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड बढी बीमा शुल्क संकलन गरेका हुन्। नेपाल बीमा प्राधिकरणकाअनुसार १४ वटा जीवन बीमकले पुससम्म ९४ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका हुन्। गत आर्थिक वर्षको पुससम्म कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख बीमा शुल्क संकलन गरेका थिए। समीक्षा अवधिमा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ। कम्पनीले २५ अर्ब ५१ करोड ३१ लाख कुल बीमा शुल्क संकलन गरेको छ। यसैगरी दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले पुससम्म ११ अर्ब ३७ करोड ३१ लाख बीमाशुल्क संकलन गरेको छ। यस्तै, तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन ९एलआईसी नेपाल० ले १० अर्ब २२ करोड ५३ लाख बीमाशुल्क संकलन गरेको छ। यस्तै, हिमालयन लाइफले ८ अर्ब ६२ करोड २० लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड २७ लाख, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड ६५ लाख, एशियन लाइफले ४ अर्ब ६४ करोड २ लाख रुपैयाँ र सिटिजन लाइफले ४ अर्ब ४ करोड ११ लाख कुल बीमा शुल्क संकलन गरेका छन्। साथै, पुससम्म सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड ८२ लाख, मेट लाइफले ३ अर्ब २४ करोड २१ लाख, आइएमई लाइफले ३ अर्ब १८ करोड ९८ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड ४४ लाख, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड ६८ लाख र सन नेपाल लाइफले २ अर्ब ११ करोड ३९ लाख बीमाशुल्क संकलन गरेका छन्।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार