free website hit counter

छ महिनामा बैंकहरुको नाफा ३० अर्ब

beemaadmin
२०८२ माघ १६, शुक्रबार

काठमाडौं । अर्थतन्त्र सुस्त अवस्थमा रहेको र चरम आर्थिक तरताकाबीचमा पनि बाणिज्य बैंकहरुको अवस्था भने आशालाग्दै देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकहरुले ३० अर्ब बढी नाफा कमाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले पुस मसान्तसम्म ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार नाफा कमाएका हुन्। जुन गत आर्थिक वर्षको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यही अवधिमा वाणिज्य बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रहेको थियो। बैंकहरुले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार ११ वटा बैंकको नाफा बढ्दा ९ वटा बैंकको भने नाफामा गिरावट आएको छ। दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। बैंकले पुस मसान्तसम्ममा ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार नाफा कमाएको हो। यस्तै, दोस्रो ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ३ अर्ब २५ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ। यस्तै, तेस्रोमा कुमारी बैंकले २ अर्ब ७२ करोड नाफा कमाएको छ। यसैगरी, पुस मसान्तसम्ममा एभरेष्ट बैंकले २ अर्ब ११ करोड, प्राइम बैंकले २ अर्ब ४ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड नाफा कमाएको छ। सानिमा बैंकले १ अर्ब ३९ करोड, स्टायान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३२ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ३ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १ करोड पुगेको छ। त्यस्तै, एनएमबि बैंकले १ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६१ करोड, हिमालयन बैंकले १ अर्ब २९ करोड, प्रभु बैंकले १ अर्ब १ करोड, कृषि विकास बैंकले ७० करोड ७४ लाख, सिटिजन बैंकले ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकले १३ करोड ११ लाख नाफा कमाएका छन्। यता, लक्ष्मी सनराइज बैंकको नाफा भने ऋणात्मक छ। बैंकको नाफा २७ करोड ३६ लाख १५ हजार ऋणात्मक रहेको हो।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार