काठमाडौं । माघ १९ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । पछिल्लो तीन दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर भारि गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।