free website hit counter

घाटा घटाउँदै घोराही सिमेन्ट

beemaadmin
२०८२ माघ २५, आईतवार

काठमाण्डौ । बिक्री आम्दानी बढेसँगै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २६ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ६६ करोड ७१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत २ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड ६९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च ८ करोड ६३ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ३ करोड ३२ लाख र वित्त खर्च ३३ करोड ७७ लाख रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३७ करोडबाट घटेर ६८ करोड ७० लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ५.२७ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६६.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३६.०८ रुपैयाँ र तरलता अनुपात ०.८२ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार