free website hit counter

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८२ माघ २७, मंगलवार

काठमाडौं । माघ २७ गते मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी तोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार