काठमाडौं । नेपालको अग्रणी जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आज आज आफ्नो ३९औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइरहेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले सरोकारवाला एवं शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। कम्पनीले नियमनकारी निकायबाट प्राप्त सहयोगका लागि कृतज्ञता पनि प्रकट गरेको छ। कम्पनीले वार्षिकोत्सवका अवसरमा आगामी दिनहरुमा समेत अझ सबल एवं गुणस्तरीय सेवा प्रदान गर्ने संकल्प गरेको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि आभार कृतज्ञता प्रकट गरेका छन्।

उनले कम्पनीप्रति विश्वास गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी साथी, अभिकर्ता एवं शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। यस ३९औँ वर्ष अनवरत बीमा यात्रामा कम्पनीले आर्थिक वर्ष २०८१।८२ सम्म ६०० करोड रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपालमा १ हजार प्रतिशतभन्दा बढी प्रतिफल दिन सफल नेशनल लाइफ एकमात्र जीवन बीमा कम्पनी हो। हालसम्म १३ लाख ४२ हजार ६४५ भन्दा बढी बीमितले भरोसा गरेको कम्पनीले जनाएको छ। जीवन बीमा कम्पनीमध्ये नेशनल लाइफको बोनसदर उच्च रहेको कम्पनीको दाबी छ।