free website hit counter

सुन–चाँदी दुवैको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार

काठमाडौं । फागुन १४ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतीतोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य पनि बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँले कारोबार भईरहेको छ । बुधबारको बजार चाँदी तोलाको ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार